Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा बैठक अवरुद्ध

    प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा बैठक अवरुद्ध

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 558
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा आज पनि अवरोध गरेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो ।



    राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाएका थिए ।



    राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरे।

    उनले उठेको प्रश्न जवाफ दिन प्रधानमन्त्रीलाई सदनमा बोल्ने वातावरण बनाउन आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार