Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपति नै संविधान मिच्न उत्ताउलिएर अगाडि बढ्नुभयो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र राष्ट्रपति दुवै संविधान मिच्न लागि परेको बताएका छन् ।

एमाले समर्थित अखिलको स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले गठबन्धनले सत्ता स्वार्थको लागि लगातार संविधान मिच्न लागिपरेको बताए ।

अध्यक्ष ओलीले भने, ‘अहिले पनि तपाईँहरूले देख्नुभएको छ । संविधान लगातार मिच्ने । कसैको बहुमत छैन, यी बहुमत नभएका पार्टीहरू सातआठ वटा एकठाउँ मिलेर, स्वार्थ बाँडेर, देशका हितहरुलाई चकनाचुर पारेर, बर्थडेको केक काटेझै राष्ट्रका हितहरु काटकुट पारेर, बाँडेर सत्ता बनाउने र टिकाउने घिनलाग्दो खेल खेलिरहेका छन् ।’

ओलीले मरिसकेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरको आरोप लगाए । अध्यक्ष ओलीले संविधान मिच्न राष्ट्रपति नै उत्ताउलिएर अगाडि बढेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077