Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

सर्लाही । सर्लाहीमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शुक्रबार दिउँसोको समयमा हरिवन नगरपालिका–५, घुर्कौली टोलमा उक्त घटना भएको हो ।

घराएसी कुरामा विवाद हुँदा ३५ वर्षका राम भरोश भनिने अजुर्न महतोले २८ वर्षकी श्रीमती नैनकुमारी महतोको हत्या गरेका हुन्।

धारिलो हतियार प्रहारबाट नैन कुमारीको टाउको र शरीर छुट्टिएको अवस्थामा पाईएको प्रहरीले जनाएको छ।

घटनालगतै अर्जुनलाई ईलाका प्रहरी कार्यलय हरिवनले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077