Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पशुपतिमा कसरी भेटियो ४० तोला सुन ?

काठमाडौं । पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ । जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको भनाइ छ।

यसबारे विकास कोषका अधिकारीहरू बोल्न चाहँदैनन्। ज्यासल पशुपति मन्दिरको उत्तरतिर छ। यही ठाउँमा तीन वर्षअघि जलहरी बनाइएको थियो।

जलहरी बनाएको ठाउँमा सिसिटिभी पनि जडान गरिएको थियो। अख्तियारको टोलीले जलहरीको नापजाँच गर्दा पनि सिसिटिभी जडान गरिएको थियो। जलहरी बनाएको तीन वर्षपछि सुनका टुक्रा कसरी भेटिए भन्ने प्रश्न उठेको छ।

नापजाँचपछि जलहरीमा आधा केजीभन्दा बढी सुन अपुग छ। उक्त विषयमा कोषका पदाधिकारीहरू छानबिनको घेरामा परिरहेका बेला शुक्रबार बिहान ४० तोला सुन भेटिएको जनाइएको छ।

कोष स्रोतका अनुसार ज्यासलमा सुनका ससाना टुक्रा भेटिएका छन्। ती सबै टुक्रा जोड्दा ४० तोलाभन्दा बढी हुन सक्ने कोषका एक कर्मचारीले बताए।

सुनका टुक्रा खोज्ने क्रम जारी रहेको ती कर्मचारीको भनाइ छ। उनका अनुसार शनिबारसम्म यस विषयमा कोषको केही धारणा आउन सक्ने सम्भावना छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077