Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रवीन्द्र मिश्रले भने - पूर्वराजा ज्ञानेन्द्रलाई छिटो राजगद्दीमा देख्न पाइयोस्!

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई एक दिन राजाको रुपमा देख्न चाहेको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहको ७७औं जन्मदिनको अवसरमा शुभकामना सन्देश जारी गर्दै मिश्रले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,'छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाइयोस्!

- देश संकट-उन्मुख 'छैन' भनेर हजार तर्क गर्नेका सन्तान (अपवाद बाहेक) कोही नेपाल बस्नेवाला छैनन्।
- मलाई मरिमेटेर 'दास' भन्नेहरू (अपवाद बाहेक) मौका पाए कोही नेपाल बस्नेवाला छैनन्।

- मैले गरेको राजसंस्थाको वकालत मेरा लागि होइन। भगवान दाहिने भए यो माटोमा म त अर्को २०/२५ वर्ष बाचौँला। तर यो माटोमा ५०/६०/७० वर्ष जीवन बिताउनु पर्ने हामीभन्दा मुनीका पुस्ताहरू छन्। तिनको लागि यो देश दिनप्रतिदिन बस्न अयोग्य भएर गइरहेछ। मैले गरेको राजनीति तिनका लागि हो। चुनाव हारेँ, त्यो भिन्दै कुरा हो।
- राजा, राजनीतिक दल र जनताले आ-आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एक-आपसलाई माफी दिँदै "नवीन समझदारी" मा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै छ।

- त्यो "नवीन समझदारी"को दिन आउनेछ। त्यसैले जन्मदिनको अवसरमा यहाँको -- यहाँ व्यक्तिका लागि मात्र होइन -- यो देशका लागि पनि, सुस्वास्थ्य र दीर्घायुको लाख-लाख कामना गर्दछु! देश "नवीन समझदारी"मा पुगेको छिटै देख्न पाइयोस् भनि प्राथना गर्दछु।'

मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाईयोस भनेर शुभकामना दिएका छन् ।

उनले राजा, राजनीतिक दल र जनताले आ–आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एकआपसलाई माफी दिँदै नवीन समझदारीमा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै रहेको पनि खतरा औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077