Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्यमन्त्रीको जवाफ माग्दै मधेस प्रदेशसभा अवरुद्ध

जनकपुरधाम । नेकपा एमालेले मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

बजेट भाषण सकेपछि अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै एमाले सांसदहरुले मुख्यमन्त्रीको जवाफ माग्दै बैठक अवरुद्ध गरेका हुन् ।

सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।

एमालेका प्रमुख सचेतक लखन दास तत्माले प्रश्नको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिए। यस्तै, सांसद दीपेन्द्र ठाकुरले अर्थमन्त्रीले बजेट भाषण भइसकेपछि बजेटको रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077