Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्रीमतीको हत्या गरी श्रीमान प्रहरी कार्यालय पुगेपछि...

सर्लाही । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरी श्रीमान प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

घरायसी झगडाका कारण खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेर हरिवन नगरपालिका–५, घुर्कौली टोलमा बस्दै आएका ३५ वर्षीय रामभरोश महतो प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।

उनले २८ वर्षीया श्रीमती नैनकुमारी महतोमाथि खुकुरी प्रहार गरेका थिए ।

शुक्रबार दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077