Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नारायणगढ-मुग्लिन सडकमा फेरि पहिरो खस्यो

    नारायणगढ-मुग्लिन सडकमा फेरि पहिरो खस्यो

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 630
    SHARES

    चितवन । नारायणगढ-मुग्लिन सडक फेरि अवरूद्ध भएको छ ।

    शनिबार अपराह्न इच्छाकामना गाउँपालिका-६ कालीखोलामा सुख्खा पहिरो खसेर अवरूद्ध भएको सडक राति करिब १ बजे दुईतर्फी नै सञ्चालनमा आएको थियो ।



    तर, आज बिहान पौने ५ बजे इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा पहिरो खसेपछि सडक पुनः अवरूद्ध भएको हो ।



    तीन नम्बर पुलमा पहिरो जाँदा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले स्काभेटर प्रयोग गरी अवरूद्ध सडक खुलाउने काम भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार