Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मुग्लिङ-नारायणगढ सडक अब बन्द नहुने

    मुग्लिङ-नारायणगढ सडक अब बन्द नहुने

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 486
    SHARES

    चितवन । पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिङ– नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएकोमा अब खुल्ने भएको छ ।

    यस वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन चलाउन बन्द गरिँदै आएको थियो ।



    सडक बन्द गर्न फागुन १२ गतेसम्मको म्याद रहेको छ । सो समयमा बाँकी रहेको सात मिटर पहाड काट्ने काम सकिने भएकाले बाटो अब बन्द नगरिने नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।



    पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि वैकल्पिक बाटो नहुँदा सडक बन्द गरेर काम गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार