Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नारायणगढ-मुग्लिङ सडक दैनिक ४ घण्टा बन्द हुने

    नारायणगढ-मुग्लिङ सडक दैनिक ४ घण्टा बन्द हुने

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 393
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नारायणगढ-मुग्लिङ सडक खण्ड माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द हुने भएको छ।

    गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द गरी काम हुँदै आएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो।



    सो खडक खण्डमा निर्माणाधिन पुलहरूमध्ये बाँकी रहेको तुइन खोलापुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुन: निर्माण कार्य सूचारु गर्नुपर्ने भएकाले सडक आजदेखि दिउँसो १२ बजेदेखि ४ बजेसम्म पूर्ण बन्द हुनेछ।



    काठमाडौंबाट जाने यात्रुवहाक सावरी साधनलाई मुग्लिङ बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट आउने सवारी साधानलाई बेनीटारादेखि पावरहाउससम्म बिहान ११:५५ बजेसम्म सञ्चालन हुनेछन्।

    तोकिएका स्थानमा रोकिएका सबै सवारी साधनहरूलाई भने अपरान्ह ४ बजेमात्रै छोडिने प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार