Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पशुपतिमा एकपछि अर्को बेथिति

काठमाडौं । हिन्दुहरूको आस्थाको धरोहर पशुपतिनाथा मन्दिरमा एकपछि अर्को बेथितिका घटना बढ्दै गएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेको घटना सेलाउन नपाउँदै फेरि तिनै मन्त्रीले प्रतिस्पर्धा नगराईकन आफ्ना कार्यकर्तालाई पोस्ने गरी करिब डेढ करोड रूपैयाँको काम अमानतमा गराउन लागेका छन्।

पशुपति विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किराती र कोषका सदस्यसचिव डा. मिलनकुमार थापाको मिलेमतोमा अमानतमा काम गराउन १ करोड ५८ लाख ८४ हजार १ सय ६६ रूपैयाँ बजेट व्यवस्था गर्न लागिएको छ।

‘इमरजेन्सी’मा कुनै काम गर्नुपरे अमानतमा गराउने प्रचलन छ। तर पशुपतिमा मन्त्री किरातीको निर्देशन र सदस्यसचिव थापाको प्रस्तावमा अमानतमा काम गराउन लागिएको हो।

सदस्यसचिव थापाले आइतबार आह्वान गरिएको बैठकमा विभिन्न काम अमानतमा गराइएको हुँदा खरिद प्रक्रिया पूरा गरी भुक्तानी दिनुपर्ने भएकाले बजेट व्यवस्था गर्न आवश्यक देखिएको भन्दै लिखित प्रस्ताव कोषका सदस्यलाई पठाएका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077