Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - संसद् प्रधानमन्त्रीले बन्द गराउनु भएको हो, राजीनामा आएपछि मात्रै अवरोध हट्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्रीका कारण बन्द भएको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले एमालेका कारण नभई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संसद बन्द भएको बताए ।

अध्यक्ष ओलीले भने,‘संसद प्रधानमन्त्रीले बन्द गराउनु भएको हो, हामीले होइन। उहाँले हामीमाथि गम्भीर आरोप लगाउनु भएको छ, त्यो फिर्ता लिनु भएको छैन। त्यो कायम राखेर सहमति हुँदैन।प्रचण्डको २१ गतेको वक्तव्य हेर्नुहोस हाम्रो राजीनामा नै माग छ। राजीनामा दिएपछि सहमति जुट्छ।’

ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे । त्यस्तै ओलीले प्रधानमन्त्रीको असार २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ती रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले २१ गते एमालेमाथि गम्भीर लाञ्छना लगाएको भन्दै त्यो फिर्ता लिनुपर्ने ओलीको अडान थियो।

ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पारे । यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077