Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ११ बजेर १ मिनेटमा सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार शुक्रबारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आइतबार बसेको आजसम्मको लागि बैठक स्थगित भएको थियो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने कार्यतालिका तय छ ।

जसअनुसार बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने बताइएको छ ।

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि पनि छलफल हुनेछ । गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077