Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इमर्जिङ एसिया कप : नेपाली टोलीबाट आरिफ 'आउट', पवन सर्राफ 'इन'

काठमाडौं । आसन्न एसिसि इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको एक खेलाडी परिवर्तन गरेको छ ।

श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ का लागि नेपालले आरिफ शेखको स्थानमा अलराउन्डर पवन सर्राफलाई समावेश गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार बिहान आरिफ शेखको स्थानमा पवनलाई टिममा राखिएको जनाएको छ ।

आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएको नेपाली टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले जानकारी दिए । इमर्जिङ टिम्स कपको लागि क्यानले आजै नेपाली टोलीलाई बिदाइ गर्दैछ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, सोमपाल कामी, देव खनाल, भीम शार्की, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, किशोर महतो, प्रतिश जिसी, पवन सर्राफ, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकाल

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077