Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीले पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको क्षमा पूजा स्थगित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको पूजा स्थगित भएको छ । उनी पत्नी राधिकासहित सोमबार बिहान पशुपतिमा क्षमा पूजा गर्ने तयारी थियो ।

आज बिहान भने पशुपति जाने कार्यक्रम स्थगित भएको हो । तर पूजा गर्न जाने कार्यक्रम स्थगित गर्नुको कारण खुलेको छैन ।

पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्ने तयारी गरेका थिए ।

ओली प्रधानमन्त्री रहँदा पशुपतिनाथमा सुनको जलहरी लगाइएकोमा त्यसमा विवाद भएपछि दुई साता अघि जलहरी निकालेर नापतौल गरिएको थियो । त्यस क्रममा पशुपतिनाथमा पूजामा बाधा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077