Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारी वर्षा र बाढी पहिरोले २४ घण्टामा २४ को मृत्यु

एजेन्सी । भारी वर्षा र बाढी पहिरोले उत्तर र पश्चिम भारत प्रभावित भएको छ ।

हिमाचल प्रदेशसहित पहाडी राज्यमा भइरहेको मुसलधारे वर्षाले ठूलो क्षति पुर्‍याएको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट ३४ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै हिमाचल प्रदेशमा ११ जना, उत्तर प्रदेशमा ८ जना, उत्तराखण्डमा ६, दिल्लीमा ३ तथा जम्मु–कश्मीर, हरियाणा र पञ्जाबमा दुई–दुई जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

भारतमा झण्डै ५० वर्षयताकै ठूलो वर्षा भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077