Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालेनको सर्वाधिक चर्चापछि दीपेन्द्र के खनालले बनाउने भए फिल्म ‘मेयर’

    बालेनको सर्वाधिक चर्चापछि दीपेन्द्र के खनालले बनाउने भए फिल्म ‘मेयर’

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङको चर्चासँगै निर्देशक दीपेन्द्र के खनालले पनि ‘मेयर’ नामबाट फिल्म बनाउने भएका छन् ।

    केही समय अगाडि निर्देशक राजु गिरीले बालेनबाट प्रभावित हुँदै ‘मेयर साहेब’ फिल्म निर्माणको घोषणा गरेका थिए ।



    बालेनको कथावस्तुमा आधारित भएर फिल्म बनाउन दीपेन्द्रले यहि असार १० गते चलचित्र विकास बोर्डमा ‘मेयर’ शीर्षकमा फिल्म दर्ता गरेका छन् ।



    चलचित्र विकास बोर्डका अनुसार दीपेन्द्रले यसअघि दर्ता गरेको फिल्म ‘लकडाउन’को नाम परिवर्तन गरेर ‘मेयर’ राखेका हुन् । फिल्मको निर्माणमा दीपेन्द्र र सुरेन्द्र पाण्डेले सहकार्य गर्दैछन् ।

    निर्देशक खनाल यतिबेला ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा व्यस्त छन्। केही समयअघि फिल्मको छायांकन सकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार