Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • असफल विद्रोहपछि वाग्नर प्रमुखले मस्कोमा पुटिनलाई भेटेको खुलासा

    असफल विद्रोहपछि वाग्नर प्रमुखले मस्कोमा पुटिनलाई भेटेको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 660
    SHARES

    एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र वाग्नर समूहको प्रमुख येभगेनी प्रिगोजिनबीर गत महिनाको असफल विद्रोहपछि भेट भएको खुलासा भएको छ ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “मस्कोमा भएको बैठकमा निमन्त्रणा गरिएका ३५ वाग्नर कमान्डरमध्ये प्रमुख प्रिगोजिन पनि थिए ।” भेटमा राष्ट्रपति पुटिनले युक्रेन युद्ध र विद्रोहको प्रयासको ‘मूल्याङ्कन’ गरेका उनले बताए ।



    रूसमा २३ जुनमा सुरु भएको विद्रोह २४ घण्टा मात्र चलेको थियो । विद्रोह अन्त्य गर्न एक सम्झौता भएको थियो ।



    जसमा वाग्नर सेनाले सहर कब्जा गरेको भनिएको, मस्कोमा मार्च गरेको र प्रिगोजिनविरुद्धको आरोपहरू हटाइयो र उसलाई बेलारूस सर्ने प्रस्ताव गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार