Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

'प्रधानमन्त्रीले अभिव्यक्ति गलत थियो भनेपछि नैतिकताका आधारमा राजीनामा गर्नुपर्छ'

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति गलत थियो भनेर स्वीकारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सांसद पन्तले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीले प्रधानमन्त्रीका हैसियतले सो अभिव्यक्ति दिनु आफ्नो कमजोरी भयो भनिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

नेता पन्तले गल्ती गर्ने र स्वीकार गरिसकेपछि पुनः प्रधानमन्त्री भइरहन नैतिकताले नदिने बताए । प्रधानमन्त्रीले संसदमा दिएको उत्तर पनि चित्तबुझ्दो नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077