Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोशीका मुख्यमन्त्री थापाको नियुक्तविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा

    कोशीका मुख्यमन्त्री थापाको नियुक्तविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 585
    SHARES

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुत्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट आजपनि ‘हेर्न नभ्याइने’मा परेको छ ।

    न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको हो ।



    कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट निवेदन दर्ता गराएका थिए । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् ।



    कार्कीले असंवैधानिक रूपमा भएको थापाको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेश माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार