Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भ्रष्टाचार विरोधी अभियान पोलिटिकल स्टन्ट मात्र हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार विरोधी अभियानका नाममा सरकारले पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचार विरोधी अभियान सरकारको स्टन्टबाजीमात्रै भएको टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘यो जनतालाई भ्रम दिएर वाहवाही लुट्ने षड्यन्त्रमात्रै हो । यसबाट केही हुनेवाला छैन । जहाँ ताक्न खोज्या, त्यहाँ लाग्नेवाला छैन । यिनिहरुले के गर्छन् ? यिनीहरुले भकुण्डो भित्तामा हान्छन् फर्केर आफ्नै टाउकोमा लाग्छ । जो भ्रष्ट तत्व छन्, तिनै तत्वहरुले भ्रष्टाचारविरोधी भनेर अभिनय गरिरहेका छन् ।’

ओलीले भ्रष्टाचारविरोधी काममा सरकारको योगदान नै नभएको बताए । भुटानी शरणार्थी प्रकरणमा १९ जेठ २०७९ मै प्रहरी कहाँ निवेदन परेको भए पनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको उनले बताए ।

यो नियमित प्रक्रियाअनुसार अघि बढेको भन्दै उनले हामीले ग¥यौं भन्नु व्यर्थको पोलिटिकल स्टन्ट मात्र भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077