Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अहिले सरकारमा जाने कुनै मनसाय राखेको छैन, ८४ सालमा एकल सरकार बनाउछौँ : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् ।

मङ्गलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश सङ्गठन कमिटीको सातौँ बैठकमा बोल्दै उनले अहिले सरकारमा नगई २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउनेगरि लागि परेको बताएका हुन् ।

काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भईरहँदा ओलीले ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउने मिसनमा आफूहरु लाागेको उल्लेख गर्दै सरकारमा जाने सोच नरहेको प्रस्ट पारे ।

एमाले अध्यक्ष ओली भने, ‘अहिले हामी अब मिसन ०८४ र ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं । यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई टेको खोज्नु छैन ।'

ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077