Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सभामुख घिमिरे र फ्रान्सका राजदूत गिल्सबीच भेटवार्ता

    सभामुख घिमिरे र फ्रान्सका राजदूत गिल्सबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 534
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओबीच भेटवार्ता भएको छ ।

    सभामुख घिमिरे र राजदूत बोरबाओबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेट भएको हो ।



    उक्त भेटका क्रममा नेपाल-फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापारलगायतका विषयमा छलफल भएको छ ।



    सभामुख घिमिरेले नेपाल र फ्रान्स संयुक्त राष्ट्रसंघ लगायतका साझा मञ्चहरुमा एक साथ रहेको स्मरण गर्दै लोकतन्त्रको सुदृढीकरण र सबलीकरणमा अनुभव आदान प्रदान भइरहने विश्वास व्यक्त गरे ।

    जवाफमा राजदूत गिल्सले नेपालले पनि फ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हल गर्दै विकासलाई अगाडि बढाएकोमा खुसी व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार