Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा सुदूरपश्चिमको सहसंयोजकमा ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशको सहसंयोजक तोकेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त जिम्मेवारी पार्टीका प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्र शाहीलाई उक्त जिम्मेवारी दिएका हुन् ।

शाहीलाई प्रदेश संयोजक मातहतमा रही कार्यसम्पादन गर्न सहसंयोजक तोकिएको हो।

यसअघि राप्रपाले पार्टीका उपाध्यक्ष उद्धव पौडेललाई सुदूरपश्चिम प्रदेशको संयोजकमा तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077