Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गत चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय पनि स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077