Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लोकसेवाका शाखा अधिकृत शाहीलाई ६ महिना कैद र २० हजार जरिवाना

    लोकसेवाका शाखा अधिकृत शाहीलाई ६ महिना कैद र २० हजार जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । छोरीको उत्तरपुस्तिका सच्याउने लोकसेवा आयोगका शाखा अधिकृत मीमबहादुर शाहीलाई ६ महिना कैद सजाय सुनाइएको छ ।

    विशेष अदालतका सदस्यत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासबाट मंगलबार यस्तो फैसला भएको हो ।



    झुठा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोगमा शाखा अधिकृत शाहीलाई ६ महिना कैद र जरिवाना २० हजार रुपैयाँ जरिवाना तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ वैशाख ०७८ मा शाहीलाई प्रतिवादी बनाउँदै मुद्दा चलाएको थियो ।



    शाहीकी छोरी नेपाल वायु सेवा निगमको खुला समावेशीतर्फको परीक्षामा सहभागी थिइन् । छोरीलाई सहायक चौथो पदको परीक्षामा सहभागी गराई उनलाई सफल गराउने नियतले उत्तरपुस्तिका सच्याएको फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार