Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • आफ्नो हवाई क्षेत्रमा अमेरिकी विमान प्रवेश गरे कारबाही गर्ने उत्तर कोरियाको चेतावनी

    आफ्नो हवाई क्षेत्रमा अमेरिकी विमान प्रवेश गरे कारबाही गर्ने उत्तर कोरियाको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 534
    SHARES

    एजेन्सी । उत्तर कोरियाले आफ्नो आर्थिक क्षेत्रमाथि संयुक्त राज्य अमेरिकाले आठ पटक गैरकानुनी रूपमा उडान गरेको आरोप लगाउँदै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

    उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी एवम् सत्तारुढ दलकी एक प्रमुख अधिकारी किम यो जोङले एक प्रेस विज्ञप्तिमार्फत अमेरिकालाई त्यस्तो चेतावनी दिएकी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।



    उत्तर कोरियाको सार्वभौमसत्तामाथिको अतिक्रमणलाई प्रतिकार गर्ने उनको चेतावनीप्रति टिप्पणी गर्दै अमेरिकाले अन्तरराष्ट्रिय कानुनअनुसार सुरक्षित एवम् जिम्मेवारीपूर्वक उडान भर्दै आएको स्पष्ट गरेको छ ।



    अमेरिकी वायुसेनाको रणनीतिक जासुसी विमान कोरियाको पूर्वी सागरमा रहेको आर्थिक जल क्षेत्रमा गैरकानुनी रूपमा घुसपैठ गरेको आरोप प्योङयाङले लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार