Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डान्सबारमा लगेर २८ हजार ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भारतीय दर्शनार्थीलाई डान्सबार पुर्‍याई ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–४ घर भई काठमाडौं माछापोखरी बस्ने २३ वर्षीय अर्जुन कुँवर, काभ्रे मन्दनदेउपुर नगरपालिका–९ घर भई सिनामंगल बस्ने ३१ वर्षीय शुभकुमार तामाङ, सुनसरी रामधुनी नगरपालिका–७ घर भई चावहिल बस्ने ४० वर्षीय इन्द्र काफ्ले, धादिङ खनेबास गाउँपालिका–१ घर भई सिनामंगल बस्ने २२ वर्षीया सुमिना तामाङ, मकवानपुर राक्षरानघाटे चोक नगरपालिका–२ घर भई माछापोखरी बस्ने २२ वर्षीया रिया साह ठकुरी र धादिङ खरियाबास गाउँपालिका–१ घर भई माछापोखरी बस्ने २० वर्षीया आस्मा तामाङ छन् ।

काठमाडौं भ्रमण गर्न तथा पशुपतिनाथ दर्शन गर्न आएका भारतीय नागरिकहरुलाई सोमबार बेलुका थानकोट नाकाबाट काठमाडौं भित्रिँदै गर्दा गाडी रोकेर खाने, बस्ने राम्रो व्यवस्था गरिदिनुको साथै नेपाल घुम्नको लागि सहज बनाइदिन्छु भन्दै विश्वास दिलाएर उनीहरुले काठमाडौं महानगरपालिका–९ रातोपुलस्थित ज्याक डेनिस डान्सबारमा पुर्‍याएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

डान्सबारमा पुर्‍याएपछि महिला कर्मचारी समेतको संलग्नतामा त्रासमा पारी भारतीय नागरिकलाई भारतीय रकम २८ हजार मोबाइलबाट ट्रान्सफर गर्न लगाई साथमा रहेको ५ हजारसमेत लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका ६ जनालाई नै आपराधिक विश्वासघात कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077