Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १८ वर्षअघिको सुपरहिट नेपाली फिल्म ‘पापी मान्छे’को तेस्रो सिरिज बन्ने

    १८ वर्षअघिको सुपरहिट नेपाली फिल्म ‘पापी मान्छे’को तेस्रो सिरिज बन्ने

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 624
    SHARES

    काठमाडौं । १८ वर्षअघिको सुपरहिट नेपाली फिल्म ‘पापी मान्छे’को तस्रो सिरिज निर्माण हुने भएको छ ।

    अघिल्ला दुई श्रृंखला बक्सअफिसमा सफल भएसँगै नयाँ कथामा निर्माणको योजनासहित बुधबार फिल्मको पोस्टर सार्वजनिक गरिएको छ ।



    राजकुमार राईले निर्माण गर्ने फिल्म जनकदीप पराजुलीले निर्देशन गर्नेछन् । पोस्टरमा चिम्पान्जीलाई चित्रण गरिएको छ ।



    एक्सन-थ्रिलर जनरा बन्ने फिल्ममा ‘पापी मान्छे’का अघिल्ला श्रृंखलाका कुनै कलाकार नदोहोरिने बताईएको छ । यसको अघिल्ला दुई श्रृंखलामा अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका थियो । साथै कुकुर र बाँदरलाई पनि विशेष रुपमा प्रस्तुत गरिएको थियो ।

    यस वर्ष छायांकन पूरा गरेर सन् २०२४ मा प्रदर्शन गर्ने तयारी रहेको जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार