Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टिपटप हेल्प नेपाल प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको शीर्ष स्थानमा

काठमाडौं । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ नेपाल पुलिसलाई हराउँदै टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले पुलिसलाई ३२ को सेटमा हराएको हो ।

यसअघिका ३ खेलमा अपराजित रहेको पुलिसको लयमा ३ पाकिस्तानी खेलाडी समावेश हेल्प नेपालले ब्रेक लगाएको छ।  १-१ बराबरी भपछिको तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दै हेल्प नेपालले जितेको थियो ।

हेल्प नेपालले आजको खेलबाट २ अंक बटुलेको छ भने पुलिसले हारमा पनि १ अंक बटुल्यो । यससँगै हेल्प नेपाल ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077