Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डेङ्गुबाट बंगलादेशमा एकैदिन ७ जनाको मृत्यु

ढाका । बङ्गलादेशमा पछिल्लो समय डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकैदिन सात जनाको मृत्यु भएको छ ।

मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मंगलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी थपिएका छन् ।

हाल डेङ्गु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका महानिर्देशनालयले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077