Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप भलिबलमा एपीएफलाई पराजित गर्दै आर्मी विजयी

काठमाडौं । राजधानीमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले हार ब्यहोरेको छ ।

नेपाल एपीएफ क्लबलाई अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले ३-२ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट २५-१८ ले एपीएफ विजयी भएको थियो । एपीएफले दोस्रो सेट १६-२५ ले गुमाएको थियो । तेस्रो सेट आर्मीले २६-२४ ले जितेको थियो ।

चौथो सेट आर्मीले २८-२६ ले जितेको थियो । पाचौ तथा निर्णायक सेट १७-१५ ले जित्दै आर्मीले महत्वपुर्ण २ अंक पाउन सफल भयो ।

आर्मीको यो लगातार चौथो जित हो । एपीएफ भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077