Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक परिवर्तनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक परिवर्तन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले पत्र कार्यन्वयन नगर्न विपक्षी स्वास्थ्य मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

मन्त्रिपरिषद् बैठकबाट निर्णय भई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त भएका डा विष्णुदत्त पौडेललाई हटाएर उनको स्थानमा नवौं तहका डाक्टर उज्जल चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाउने गरी स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले निर्णय गरेका थिए ।

सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका पौडेलको माग बमोजिम अदालतले अन्तरिम आदेश जारी गरेको हो । साथै सर्वोच्चले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।

असार २१ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा.उज्वल चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । भक्तपुर क्यान्सर अस्पतालमा यसअघि निर्देशकको जिम्मेवारीमा डा. विष्णुदत्त पौडेल थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077