Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ललिता निवास प्रकरण

    सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश

    सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले थुनामा रहेका राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । इजलासले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनेको छ ।



    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही दिनअघि सचिव राउतलाई विराटनगर जान लाग्दा काठमाडौं एयरपोर्टबाट नियन्त्रणमा लिएको थियो ।



    सचिव राउतको तर्फबाट उषा कार्कीले गृह मन्त्रालय समेतलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।

    गैरकानुनी थुनामा राखेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतले २४ घण्टाभित्र लिखित जावफसहित व्यक्तिलाई नै अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार