Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ललिता निवास जग्गा घोटालासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, केही दिनमा फैसला

    ललिता निवास जग्गा घोटालासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, केही दिनमा फैसला

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 447
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा अन्तिम बहस सकिएको छ ।

    विशेष अदालतमा गत माघ २ गतेबाट सुरु भएको अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको हो । अब केही दिनमा फैसला आउने छ ।



    बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ मा दायर गरेको मुद्दामा पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया तथा जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाइएको छ ।



    अभियोगमा सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृतरूपमा व्यक्तिको नाममा गरी गैरकानुनी लाभ लिएको दाबी गरिएको छ । नौ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार