Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एपीएफलाई हराउँदै हेल्प नेपाल प्रधानमन्त्री कप भलिबलको फाइनल नजिक

काठमाडौं । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ एपीएफलाईलाई हराउँदै टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब फाइनल नजिक पुगेको छ ।

बिहीबार भएको पुरुष तर्फको पहिलो खेलमा टिप टप हेल्प नेपालले विभागीय टोली एपीएफ क्लबलाई ३–२को सेटमा हराएको हो ।

हेल्प नेपालले पहिलो र दोस्रो सेट २५-२७ र १७-२५ ले गुमाएको थियो । त्यसपछि लगातार दुई सेट जित्दै एपिएफले खेलमा पुनरागमनको प्रयास गरेको थियो ।

तेस्रो सेट २१-२५ र चौथो सेट २३-२५२ ले एपीएफले जितेको थियो । पाचौ तथा निर्णायक सेट १६-१४ ले जितेर फाइनल नजिक पुगेको हो ।

हेल्प नेपालले अन्तिम खेल शुक्रबार आर्मीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा हेल्प नेपालले शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ । फाइनल खेल भने असार ३० गते शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077