Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खोलामा बगेर बेपत्ता भएकी महिलाको शव फेला

डडेल्धुरा । खोलाले बगाएर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–४ कुलेडीकी अन्दाजी ५८ वर्षीया दुर्गादेवी बोहराको मृत्यु भएको हो ।

बिहीबार दिउँसो गोठालोबाट फर्किने क्रममा खोला तर्दा उनलाई बगाएपछि बेपत्ता भएकी थिइन् । खोलाले बगाउदा बेपत्ता भएपछि स्थाानीयले प्रहरीलाई खबर गरेका थिए।

उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077