Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हत्या आरोपित पुर्पक्षका लागि कारागार चलान

बर्दिया । महिला हत्या आरोपित गुलरिया नगरपालिका—२ खैरापुरका ४१ वर्षका ओमप्रकाश यादवलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ ।

यादव स्थानीय ३२ वर्षीया सन्जु धोवीको हत्या अभियोगमा पक्राउ परेका थिए ।

धोवीको शव ०७९ चैत २१ गते गुलरिया—४ जब्दीघाटमा सढेगलेको अवस्थामा फेला परेको थियो ।

राजापुर नपा—७ शंकरपुर घर भई गुलरिया—२ बस्दै आएकी धोवी र यादवबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077