Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो तीन घन्टा सप्तरी, सुनसरी र मोरङमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तरीको बरमझिया, सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैँचा आसपास अति भारी वर्षा भइरहेको हो । यी क्षेत्रमा पछिल्लो तीन घन्टामा १०० मिलिमिटरभन्दा बढी वर्षाको मापन भएको छ। सप्तरीमा तीन घन्टामा १०८.४ मिलिमिटर र चौबिस घन्टामा १२३.६ मिलिमिटर वर्षा मापन भएको छ। आज बिहान ६ बजे जारी गरिएको सूचनामा भनिएको छ, ‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔँ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077