Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाजेको कुटाइबाट नातिको मृत्यु, रिजन गम्भीर घाइते

बैतडी । बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका-६ मुडेलीधारका ५० वर्षीय बाजे गणेश साउँदको कुटाइबाट २ वर्षीय नाति रेशम साउँदको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बाजेको कुटाइबाट ८ वर्षीय नाति रिजन साउँद गम्भीर घाइते भएका छन् ।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपिट गरेको बताइएको छ ।

बाजेको कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आईसियुमा राखेर उपचार भइरहेको छ ।

उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ । नातिमाथि कुटपिट गर्ने गणेशलाई प्रहरीले बिहीबार नै पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077