Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा महिला विभाग उपप्रमुखमा रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महिला विभाग प्रमुखको जिम्मेवारी कुन्तीकुमारी शाहीले पाएकी छिन् ।

पार्टीकी महामन्त्रीसमेत रहेकी शाहीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले महिला विभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।

त्यस्तै, महिला विभाग उपप्रमुखमा रेखा थापालाई जिम्मेवारी दिइएको छ।

साथै सदस्य सचिवमा सवान्त थापा, सदस्यहरूमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रिता कुँवरलाई जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले महिला विभाग प्रमुखलगायतलाई मनोनयन पत्रसमेत दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077