Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

प्राविधिक समस्या आएपछि भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि १५ मिनेटमै काठमाडौं मै फिर्ता गरिएको हो ।

जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।

जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो ।

अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077