Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाली समाज अराजकतासँग रमाउन थाल्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको एउटा तह असाध्यै परपीडक बन्न थालेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने,‘कतिपयले अंश कटाएर, के प्रशारण गर्छ, के बोलेको देखाउँछ, बोल्दामात्रै त। त्यो अनर्थ लाग्ने पनि हुन सक्छ। नेपाली समाजको एउटा पक्षचाहिँ परपीडक, असत्यमा आधारित दुष्टतापूर्ण तरिका अवलम्बन गर्ने, सामाजिक मूल्यबाट स्खलित भएको छ। त्यो चिन्ताको विषय छ ।’

ओलीले समाजमा असत्यमा आधारित दुष्टतापूर्ण तरिका अवलम्बन गर्न थालिएको भन्दै चिन्ता व्यक्त गरे । समाज सांस्कृतिक अधपतनमा नजाओस्, ओरालो नलागोस् भनेर सतर्क हुनुपर्ने अवस्था र आवश्यकता रहेको उनले बताए।

उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताए । उनले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको बताए ।

अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरुसँग रमाउन थालेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077