Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एपीएफलाई हराउँदै पुलिस प्रधानमन्त्री कप भलिबलको फाइनलमा

काठमाडौं । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ लिग चरणको अन्तिम खेलमा एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

पुलिसले एपीएफलाई २५–२२, २५–१३ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो । पुलिससँग पराजित हुँदै एपीएफ भने लिग चरणमै सिमित बनेको छ ।

पुलिस लिग चरणमा ६ खेलमा ५ जित र १ हारसहित १५ अंकको साथ शीर्ष स्थानमा रहेको छ ।

पुलिसले आज नै हुने आर्मी र हेल्प नेपाल बीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल असार ३० गते शनिबार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077