Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभामुख घिमिरेले प्रमाणित गरे दुवै सदनबाट पारित बजेटसम्बन्धी विधेयक

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०-८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।

उनले शुक्रबार नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन् ।

गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए।

संसदका दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077