Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सभामुख घिमिरेले प्रमाणित गरे दुवै सदनबाट पारित बजेटसम्बन्धी विधेयक

    सभामुख घिमिरेले प्रमाणित गरे दुवै सदनबाट पारित बजेटसम्बन्धी विधेयक

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 462
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०-८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।

    उनले शुक्रबार नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन् ।



    गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए।



    संसदका दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार