Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महोत्तरीको बिजलपुरासम्म रेल चल्ने, आइतबार शुभारम्भ गर्ने तयारी

    महोत्तरीको बिजलपुरासम्म रेल चल्ने, आइतबार शुभारम्भ गर्ने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 621
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । नेपालको जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आइतबारदेखि थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने भएको छ ।

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म थप १७ किलोमिटरमा रेल सञ्चालन हुन लागेको हो ।



    आइतबार रेल सेवाको शुभारम्भ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्ने छन् ।



    भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको १७ किलोमिटर भागको निर्माण सकेको भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

    आइतबार बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यकम तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार