Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने

    नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.1K
    SHARES

    जनकपुरधाम । पछिल्लो एक महिनादेखि बिना यात्रुको दैनिक गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ । १५ दिन गुडेपनि यात्रु भने बोक्ने छैन् ।

    गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार एक दिन बिराएर अब रेल चल्नेछ ।



    रेल गुडिरहे पनि आम्दानी नभइरहेको र खर्च मात्र भइरहेको छ । महाप्रबन्धक झाले आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाइने बताए।



    रेल गुडाउने अध्यादेश निष्कृय भएका कारण उद्घाटनको मिति निर्धारण हुन नसकेको उनले बताए । ‘हामीले आफ्नो तर्फबाट सबै तयारी गरिसकेका छौं’ उनले भने, ‘कर्मचारी नियुक्त भइसकेका छन् । भाडादर पनि निर्धारण गरिसकेका छौं । तर, कानुनको अभावमा यात्रुलाई बोकेर गुडाउन सकिएको छैन् ।’

    उनले संघीय सरकारले पुनः रेल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको भन्दै कानुन बने लगत्तै उद्घाटन भएर रेल गुड्ने बताए ।

    झाले फागुनको दोस्रो साता नै नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा रेलको उद्घाटन गराउने तयारी भएपनि कानुनकै अभावमा हुन नसकेको बताए ।

    बाटो क्लियर गर्न र रेललाई तयारी अवस्थामा राख्न गुडाउनुपरेको भन्दै उनले अहिले पनि पशु चौपाया लिकमै राख्ने गरिएको देखिएको बताए ।

    जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । ०७७ असोज २ गते भारतीय कोकंण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगीले करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।

    जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रति यात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार