Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यी ६ जिल्लामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो चौबिस घन्टामा ६ जिल्लामा भारी वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, नवलपुर, नवलपरासी, तनहुँ, कास्की र महोत्तरीमा भारी वर्षा मापन भएको हो ।

बाढी पूर्वानुमान महाशाखाले ती नदी तटीय क्षेत्रमा बाढीको चेतावनीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महोत्तरीमा पछिल्लो एक घन्टामा ६० मिलिमिटर वर्षा हुँदा तीन घन्टामा १२० मिलिमटर वर्षा मापन भएको छ।

कास्कीमा पछिल्लो चौबिस घन्टामा १६६.२, तनहुँमा १४९ मिलिमिटर, नवलपरासीमा १४३ मिलिमिटर, नवलपुरमा १४१.४ मिलिमिटर र पाल्पामा १३६.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

वर्षाका कारण विनयी, अरूण, गिरूवारी खोला लगायत ती जिल्ला आसपास भएर बहने खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले यात्रामा निस्कने तथा डुबान भइरहने होचो भुभाग तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै पाल्पाको निस्ती खोलालगायत आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ ।

कोशीमा जलसतह बढ्दा महोत्तरीको जलेश्वर आसपासमा बाढीको जोखिम छ । अहिले बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077