Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेसमा सधैं अवैध हतियारको त्रास

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका–८ तारापट्टीकी ४२ वर्षीया उषादेवी दास र बारा कलैया नगरपालिका–१८ घर भई तारापट्टीमै बस्ने २२ वर्षीय ओमलाल मण्डल प्रेम सम्बन्धमा थिए। प्रेम सम्बन्ध विवाह बन्धनमा बाँधिन दबाब दिँदा उषादेवी प्रेमीबाटै मारिइन्। प्रेमिकाको हत्या आरोपमा मण्डल धनुषा प्रहरीको हिरासतमा छन्।

प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार तारापट्टीमै घर बनाउने मिस्त्रीका रूपमा काम गर्दै आएका मण्डल उषादेवीसँगको प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ।

उषादेवीले विवाह गर्न जिद्दी गरेपछि झगडा हुँदै आएको थियो। १० वर्षअघि पतिको मृत्यु भएपछि गाउँमै रक्सीभट्टी सञ्चालन गर्दै आएकी उषादेवी र मिस्त्रीको काम गर्दै आएका ओमलालबीच डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

उषादेवीले पटकपटक विवाह गर्न दबाब दिए पनि ओमलाल टाढिन खोज्थे। जेठ २५ गते राति ११ बजेतिर दुवै जनाबीच विवाहकै विषयमा विवाद भएको थियो। ओमलालले थप्पड हानेपछि उषा बाहिर निस्कन खोजिन्। ओमलालले घाँटी थिचेर उषादेवीलाई मारेको प्रहरी अनुसन्धानमा खुलेको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077